
उर्लाबारी । मोरङको उर्लाबारी स्थित मगलबारेमा जारी सालबारी भेट्रान च्यालेन्ज कपको फाइनल खेलमा मंगलबारे भेट्रान टिम र थापाडाँगी भेट्रान टिम भिड्ने भएका छन् ।
आज भएको सेमिफाइनल खेलमा मंगलबारे भेट्रान र थापाडाँगी भेट्रान टिमले जित हासिल गर्दै फाइनल प्रवेश गरेका हुन् ।
फाइनल प्रवेशका लागि आज भएको पहिलो खेलमा मंगलबारेले थापाचौक व्यापारी टिमलाई ६-० गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको हो ।
मंगलबारेका लागि मित्र धिमालले २, गजेन्द्र चेम्जोङले १, लोखबहादुर धिमालले १, अमर धिमालले १ र खेम विष्टले १ गरी ६ गोल गरेका थिए । भने थापाचौकका तर्फबाट कुनै पनि गोल हुन सकेन ।
यस्तै आजै भएको दास्रो खेलमा मदन भण्डारी शिक्षक टिमलाई २-० गोलले हराउदै थापाडाँगी भेट्रान फाइनल प्रवेश गरेको छ । थापडाँगीका लागि प्रकाश राई र महेश लिम्बुले गोल गरेका थिए ।
फाइनल खेल भोली दिउसो ३ वजे देखी सालबारी रंगशालामा हुने भएको छ । फाइलन खेल अगाडी झापा केर्खाको यु-१५ र सालबारी एकता क्वलका यु-१५ विचका खेलाडीहरु विच मैत्रिपुणर् खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १२ हजार र उपविजेताले नगद ९ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र हात पार्ने आयोजक सालबारी एकता क्वलका अध्यक्ष विजयी माझीले बताए ।



