उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगबारेमा जारी सालबारी भेट्रान च्यालेन्ज कपको उपाधी थापाडाँगी भेट्रानले जितेको छ ।
शनिवार उर्लाबारी-३ सालबारी रंगशालामा भएको फाइनल खेलमा थापाडाँगीले मंगलबारे भेट्रान टिमलाई १-० गोल अन्तरले हराउदै विजयी हासील गरेको हो ।
थापाडागीलाई जित दिलाउने क्रममा खेलको दोस्रो हाफमा थापाडागीका लागि एक मात्र गोल महेश लिम्वुले गरेका थिए । भने मंगलबारेले निर्धारित समयमा गोल फर्काउन नसक्दा उप-विजेतामा सिमित बन्न पुग्यो ।


निकै नै प्रतिष्पर्धात्मक बनेको आजको खेलको अन्तिम समयमा थापाडागीका महेश लिम्वु रातो कार्ड खादै मैदानबाट बाहिरीए पछि थापाडागी १० खेलाडीमा सिमित बनेको थियो ।
खेलको विजेता टिमले नगद १२ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारेको छ भने उप-विजेताले नगद ९ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।
आजको फाइनल खेलमा म्यान अफ दि म्याच थापाडागीका टिम क्याप्टेन अर्जुन तिम्सिना घोषित भए भने प्रतियोगिता उत्कृष्ठ खेलाडी मंगलबारेका गजेन्द्र चेम्जोङ घोषित भए ।


विजेता टिमलाई कार्यक्रमका प्रमुख अथिती उर्लाबारी वडा नम्वर-३ का अध्यक्ष भिष्मराज बुढाथोकिले प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरेका थिए । यस्तै आजै भएको यु-१५ मैत्रिपुणर् खेलमा झापाको केर्खा यु-१५ टिमले सालबारी एकता क्लवलाई हराएको थियो । प्रतियोगिता सालबारी एकता क्वल उर्लाबारी-२ र ३ को आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय