उर्लाबारी । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटी गठन भएको छ ।
समाजको शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले तिलक नेपाली अध्यक्ष रहेको ५१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
नगर कमिटी उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी चयन भएका छन् । यस्तै, सदस्यहरुमा खगेन्द्र बराइली, तारा बराइली, सन्तोष सुन्चौरी, शुक्र विश्वकर्मा, हेमकुमारी नेपाली, सुशीला कार्की ढोली, रुद्र लकान्द्री, सीतादेवी रम्तेल, सुनिता नेपाली, तोया नेपाली, पहलमान नेपाली रहेका छन् ।
यस्तै, कृष्णकुमारी विश्वकर्मा, अम्मर बराइली, रुपनारायण नेपाली, उमा बराइली, भक्तबहादुर रसाइली, सीता सुन्चौरी, कमला वर्देवा चाहार, सुनिता चाहार, अमृता दास, मानबहादुर विक, निर्मला विक, भूमिका बराइली, मीना विश्वकर्मा, दुर्गा विश्वकर्मा, भिमबहादुर मग्रान्ती, सन्तोष रसाइली, प्रेमकुमारी विश्वकर्मा, खड्गबहादुर दर्जी, अरुणा विक, मनमाया ल्वागुन, टिका नेपाली, टिका बराईली, जीवन गजमेर, दुर्गा ल्वागुन, कविता शिवा, गोमा सुन्दाश, गोपाल दर्नाल, लक्ष्मी शिवा, प्रतिमा लावर, उदिनबहादुर विश्वकर्मा, दिपेन्द्र विक, कल्पना रोक्का, मैना दर्जी, मीना लामिछाने, लिला भुसाल, अनिता बर्देवा, काजी विक र सूर्य भुसाल सदस्य रहेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा भएको नगर अधिवेशनमा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेल, सचिव रुपेश खतिवडा, नेकपा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु दिपनारायण सरदार, भद्रमान विक, दिपेन्द्र पासवान, जिल्ला अध्यक्ष किशोर विश्वकर्मा, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेललगायतको आतिथ्यता रहेको थियो । गंगा गजमेरको अध्यक्षतामा भएको अधिवेशनमा सहभागीहरुलाई कृष्ण वर्देवाले स्वागत गरेका थिए ।
ADVERTISEMENT