बिराटनगर । जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक द्वय सुरज सुबेदी र विनोद राउत पुर्वपक्षको लागी जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायधिश राजेस कुमार कटुवालको इजलाशले सोमबार पुर्वपक्षको लागी थुनामा पठाउने आदेश गरेका हुन् ।
अदालतको आदेशपछि दुवैजना पुर्वपक्षको लागी मोरङ कारागार चलान भएको मोरङ अदालतका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । बिहिबार सरकारी वकिल कार्यलय मोरङले उनिहरुबिरुद्घ जवरजस्ती करणी मुद्दा मोरङ अदालतमा दर्ता गरेका थिए ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्र्तगत दुबैलाई जवरजस्ती करणीतर्फ सात देखी १० बर्ष सम्म र दफा २१९ कै सामुहिक जवरजस्ती करणी तर्फ थप पाँच बर्ष सजाय माग गरि अभियोग दायर गरेको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस नसकेपछि सोमबार मात्र सकिएको हो । बहस सकेपछि अदालतले आदेश गरेको हो /
बिराटनगर महानगरपालिका ४ का ५० बर्षीय राउत नेकपा एमाले निकट खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० बर्षीय सुबेदी बिराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
पिडित युवती सोही कलेजमा अध्यनरत इटहरी उपमहानगरपालिका ८ की १९ वर्षीय छात्रा हुन् । पिडित युवतीमाथी पटक पटक र सामुहिक रुपमा करणी हुँदै आएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए । पिडितमाथी जेठ महिनामा बिराटनगरको मुनालपथस्थित बिराट होटलमा सुबेदी र राउतले सामुहिक करणी गरेका थिए युवतीले अश्लील भिडियो बनाइ उनीमाथि पटक पटक करणी हुँदै आएको जाहेरीमा उल्लेख गरेकी भएपनि अनुसन्धान प्रतिबेदनमा भिडियो नभेटिएको भन्दै प्रहरीले सरकारी कार्यलयमा फाइल बुझाएको थियो ।
ADVERTISEMENT