झापा । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) को बेचविखनमा संलग्न तीन जनालाई प्रहरीले झापाबाट मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-४ का ३५ वर्षीय जेमिल महमद, बिर्तामोड नगरपालिका-५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत बिहारको किसनगन्जका २८ वर्षीय जम्सेद आलमलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । सुरुमा जेमिल पक्राउ परेका हुन् । उनको साथबाट सात ग्राम ९२ मिलिग्राम ब्राउन सगुर बरामद भएको पाठकको भनाइ छ ।
उनका अनुसार नियन्त्रणमा लिएर सोधपुछ गर्दा ब्राउन सुगरको धन्दामा अर्जुन र जम्सेदको पनि संलग्नता देखिएको हो । दुवै जनालाई हल्दिबारी-४ बाट नगद ७९ हजार रूपैयाँ र मे ६ प ५६१९ नम्बरको स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३ नै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय