जनकपुरधाम । निहारिका सिंहको मुद्दामा उच्च अदालत जनकपुरधामले डीएनए टेस्टको लागि आदेश दिएको छ ।
उच्च अदालत जनकपुरधामका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो ।
उच्च अदालत जनकपुरधामको ४ नम्बर ईजलासबाट न्यायाधीशद्वय अधिकारी र थापाको संयुक्त इजलासले उच्च सरकारी वकिल कार्यालय मार्फत पीडित निहारिकाको रोहबरमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुम्लटारमा गराउन आदेश दिइएको निहारिकाकी वकिल समेत रहेकी रिंकुकुमारी यादवले जानकारी दिएकी छिन् ।
निहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरधामका वैतनिक वकिल रिंकु सहित न्यायधिवक्ता यदुनाथ सर्मा, मिरा ढुंगाना, निशा रेग्मी र शान्ती काफ्लेले बहस गरेका थिए भने प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले बस गरेका थिए ।
ADVERTISEMENT