उर्लाबारी । प्रदेश नं. १ का सडक पुर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले उर्लाबारी-१ र मिक्लाजुङ गाउपालिकाको सिमाना पर्ने मिक्लु खोलाको पुल उद्घाटन गर्नु भएको छ । ७ करोड २५ लाख ४९ हजार ७६० रुपैयाँ लागगतमा निर्माण भएको पुलको लम्वाई ८६.६० मिटर रहेको छ ।
पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुक संघीयतामा गएपछि विकासले गति लिएको बताउदै समृद्धि र विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
साथै उनले उर्लाबारी किसान चौकदेखि मिक्लु खोलासम्मको सडक कालोपत्रेलाई प्राथमिकता साथ अघि बढाउने समेत बताए । यस्तै लावा खोला खानेपानीका विषयमा पनि प्रदेश सरकारले ध्यान दिने मन्त्री कार्कीले भनाई छ ।
यस्तै कार्यक्रममा मोरङ क्षेत्र नं. १ ’क’ का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले जनताको हितबाहेक आफुले केही नसोचेको बताए ।
२०७६ वैशाख १५मा आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त पुलको शिलान्यास गरेका थिए । मिक्लु खोलामा पुल नहुँदा विगतमा मिक्लाजुङ गाउपालिकाका टाँडी, आइतवारे, रमिते लगाएतका क्षेत्रमा बसोवास गर्ने हजारौ सर्वसाधरणले बर्षामा खोलाबाढीको कारण सास्ती खेप्नु पर्ने बाध्यता थियो । अव भने सो समस्या समाधान भएको छ ।
पुल निर्माण भएपछि उर्लाबारी हुँदै टाँडी जाने यात्रु तथा सर्वसाधारणलाई सहज भएको छ । पुल निर्माणसँगै बर्षाको समयमा जोखिमपूणर् तरिकाले यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
ADVERTISEMENT