पथरी । मंसिर ४ को प्रतिनिधीसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ मा सुनिल शर्माको नाम सर्वसम्मतले सिफारिस भएको छ । मंगलबार बसेको क्षेत्रिय कमिटिको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जनाएको छ ।
बैठकमा प्रतिनिधि सभाको लागि ६ जना व्यक्तीको नाम शुरुमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नामहरु सुनिल शर्मा, मित्रशेन योन्जय, जयराज लिम्बु, केशव दुलाल, गोपाल नेपाली लगायत एक जना महिला थिए । तर सबै प्रस्तावित गरिएका व्यक्तीहरुले बैठकमा सुनिल शर्माको नाममा सहमति गरेका थिए ।
यसै गरी मित्रसेन योन्जन, जयराज लिम्बु र बसन्त भट्ट्राराईलाई समानुपातिक तर्फ उम्मेद्वार बनाउने सहमति भएको छ । बैठकमा काङ्ग्रेस प्रदेश १ का प्रदेश सदस्य शिवप्रशाद ढकाल, गोपालबहादुर थापा लगायतका व्यक्तीहरु उपस्थिती थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय