उर्लाबारी १५ भदौ । आसन्न प्रदेश सभाको मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं १ प्रदेश ख मा कांग्रेस क्षेत्रीय सभापती शंकर राई सहित ३ जनाको नाम सिफारिस भएको छ ।
मंगलबार मोरङ क्षेत्र नं. १ प्रदेश “ख” क्षेत्रिय समितिको बैठकमा सभापति शंकर राई , कांग्रेसका पुर्व जिल्ला सदस्य बृष थापा र केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतको नाम सिफारिस भएको हो । त्यस्तै ईन्द्र माबोहाङ, सुभद्रा भट्टराई, बिमल राई, प्रदेशको समानुपातिक तर्फ उम्मेद्वारमा सिफारिस गरेको छ । तेस्तै प्रदेश समितिले प्रतिनिधि सभाको उमेदवारका रुपमा डिगबहादुर लिम्बू, राम पोख्रेल र समानुपातिक तर्फ बिध्या बस्नेतलाई सिफारिस गरेको छ ।
यस्तै आज प्रदेश १ “क” बाट उम्मेदवार सिफारिसका लागि बैठक बस्ने भएको आज दिउसो २ बजे पछि बस्ने बैठकले साझ सम्ममा उम्मेदवारको नाम सिफारिस गर्ने तय भएको प्रदेश १ “क” का सभपाति नर बहादुर मोक्तानले बताए । प्र्रदेश १ “क” मा प्रतिनिधीसभा प्रत्यक्षय तर्फ प्रदेश १ सहमहामन्त्री खड्ग फागो, महिला नेत्री शोभा चेम्जोङ र महाधिवेसन प्रतिनिधी ललित अधिकारीको चर्चा चलेको छ भने प्रदेश सभा तर्फ महाधिवेसन प्रतिनिधी चिरञ्जिवी थापा र प्रदेश १ सदस्य अर्जुन तुम्रोकको नाम चर्चामा रहेको छ ।