२७ चैत/ दमक
दमकमा २६८ औँ हेनिमेन जन्म जयन्ती तथा विश्व होमियोप्याथिक दिवस मनाईएको छ । आज दमक स्थित संगम स्विट्सको सभाहलमा आयोजित एक कार्यक्रमबिच अल नेपाल होमियोप्याथिक एसोसिएसन कोशी प्रदेश समितिको आयोजनामा हेनिमेन जयन्ति मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर राम थापाले नगरपालिकाले चाडै एकिकृत स्वास्थ्य प्रणालीअन्तर्गत छुट्टै होमियोप्याथिक युटिन संचालन गरिने बताए । उनले आफु स्वयम् होमियोप्याथिक चिकित्सा विज्ञानमा विश्वस्त रहेको उल्लेख गरे । उनले आफु विरामी हुदा समेत होमियोप्याथिक औषधी सेवन गर्दै आएको बताए ।

होमियोप्याथिक एसोसिएसन कोशी प्रदेश समितिका अध्यक्ष डा. हरीबाबु दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन एसोसिएसन पदेश समितिका निवर्तमान अध्यक्ष डा. घनश्याम सुवेदिले गरेका थिए ।

मानव अधिकारकर्मी देवप्रसाद सुवेदि, लाईफ लाईन अस्पताल दमकका निर्देशक राजकुमार भट्टराई, स्थानिय समाजसेवी चन्द्र सुवेदि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा होमियोप्याथिक चिकित्सा पद्धतीमा आबद्ध उल्लेखिय चिकित्सक तथा होमियोप्याथिककर्मीको उपस्थिती रहेको थियो ।

के हो होमियोप्याथिक चिकित्सा प्रणाली?

होमियोप्याथीलाई सदृश रोग चिकित्सा पनि भनिन्छ । जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रूपमा सेवन गराउनाले आरोग्य प्रदान गर्ने यो चिकित्सा पद्धतिमा हुन्छ ।

अल नेपाल होमियोप्याथी एसोसिएसन कोशी प्रदेश अध्यक्ष समेत रहेका होमियोप्याथी चिकित्सक डाक्टर हरिबाबु दाहाल भन्छन्,’विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धती लाभदायक हुन्छ । यो उपचार पद्धतिमा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।’

होमियोप्याथिक उपचार पद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुन्छ ।

होमियोप्याथीमा प्रयोग हुने औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड-ईफेक्ट) हुँदैन । प्रायः होमियोप्याथिकमा औषधिहरूको एउटै किसिमको सेतोदाना औषधिको रूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि नभएर रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम भएको चिकित्सकहरू बताउँछन् ।

होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाइल्युसन सबै एकै नासको देखिन्छ । तर, यी औषधिहरूको काम भने अलग अलग हुन्छ ।

होमियोप्याथिक चिकित्सा प्रणाली सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक स्यामूएल हनिम्यानले प्रतिपादन गरेको डाक्टर दाहालले जानकारी दिए । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।

विश्व स्वास्थ्य सगंठन (डब्लूएचओ) को एक सर्वेक्षण अनुसार एलोप्याथी पछिको दोस्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय