उर्लाबारी, ६ असोज । सूर्य बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार उर्लाबारी-६ स्थित महारुद्र शिवालय मन्दिरमा सस्थाले साधारणसभा सम्पन्न गरेको हो ।
गाउँदेखि शहरबजारसम्मका २ हजार ९ सय २८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीले यस वर्ष १४ प्रतिशत लाभांश शेयर सदस्यलाई वितरण गर्ने जनाएको छ। सूर्य बचतले गत आर्थिक २०८०/०८१ मा १९ लाख १ हजार ४३७ रुपियाँ नाफा कमाएको छ । सो आवमा संस्थाको आम्दानी २ करोड १५ लाख ८१ हजार ९ सय ७७ र खर्च १ करोड ९६ लाख ८० हजार ५ सय ४० रुपियाँ र सस्थाको शेयर पुजी १ करोड ८३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
उर्लाबारी-६ का वडाध्यक्ष चिन्तामणि पौड्यालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रमुख अतिथि पौड्याल, संस्थापक अध्यक्ष राजु बुढाथोकी, निलम साकोसका अध्यक्ष प्रभू राई, सञ्चार क्लबका पूर्व अध्यक्ष मदनबाबु प्रसाई, लेखा समिति संयोजक प्रेम बोहोराले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका सचिव गोपालप्रसाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नारदमणि नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उर्लाबारी क्षेत्रमा बग्रेल्ती सहकारी संस्था रहेका छन्, त्यसमा सूर्य वचतले फरक काम गरेर एक कदम अघि बढेको शेयर सदस्यहरु बताउँछन् । शेयर सदस्यको हितमा अत्यधिक सेवा सुविधा प्रदान गरेर संस्थाले नयाँ उचाई थपेको छ ।
संस्थाका अध्यक्ष तेजनाथ घिमिरे उर्लाबारीको ग्रामीण क्षेत्रमा अवस्थित सूर्य वचतले सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्दै विपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति तथा न्यानो कपडा वितरण, स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्य गर्दै आएको बताउनुहुन्छ ।
सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई पूणर् अनुसरण गर्दै ‘सूर्य साकोसमा सुशासन, उच्च प्रविधिको व्यवस्थापन’ भन्ने संस्थाको नारालाई आत्मसात गर्दै वित्तीय सेवा, मानवीय सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गतका प्रभावकारी कार्यक्रमहरु अगाडि बढाइएको कार्यकारी प्रमुख मदनकृष्ण बरालले बताउनुभयो ।
शेयर सदस्यको सहजताका लागि सस्थाले दुई दिन साधारण सभा गरेको हो पहिलो दिन सस्थाले मिक्लाजुङ-३ धोबेनीमा र दोस्रो दिन उर्लाबारी-६ स्थित महारुद्र शिवालय मन्दिरमा साधारणसभा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय