उर्लाबारी ।उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलमाथि पालिका परिसरभित्रै हातपात भएको छ।

सोमबार साँझ कार्यपालिकाको बैठक सकेर बाहिर निस्किने क्रममा मेयर खरेलमाथी उर्लाबारी- ७ का ४८ वर्षिय मिलन भण्डारीले अभद्र व्यवहार गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।

उनकाअनुसार बैठक सुरु हुनुअगाडी करिव ११ बजे भण्डारीले नगरप्रमुख खरेलको कार्यकक्षमा एक कार्यक्रम माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । यस्तै निरिक्षक यादवले मेयर खरेलले कार्यक्रम माग गर्न प्रकृयागत तरिकाले आउन बताउदै उनलाई तिहारपछि कार्यक्रम दिने आश्वसन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ ।

त्यस्तैगरी उनी कार्यपालिकाको बैठक संचालनको अवधिभरी नै मेयरलाई पर्खिएर बाहिरै बसेको अनुसन्धानबाट खुलेको निरिक्षक यादवले बताए । यादवले भने,” बैठक सकिएर बाहिर निस्कए लगत्तै साँझ करिव ४:४५ बजे भण्डारीले मेयर खरेलमाथी अभद्र व्यवहार गरेको देखिएको छ ।”

यस्तै उनले भण्डारीविरुद्ध परेको ठाडो उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

यता नगरप्रमुखमाथी नियोजित तरिकाले भण्डारीले प्रहार गरेको हुनसक्ने बताउदै एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले उनी कुनै शक्तिद्वारा परिचालित भएको हुनसक्ने जनाउदै प्रशासनलाई कडा कारवाही गराउन माग गरेका छन्।

अध्यक्ष बास्तोलासहित कोशी प्रदेशसभाका सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीसहित युवा संघ उर्लाबारी नगर संयोजक नितम चौहानसहितको टोलीले राती प्रहरी कार्यालयमा पुगि सो घटनामा अनुसन्धानको दायरा बढाई दोषीउपर कडा कारवाहीको माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक यादवले बताए ।

भण्डारी उर्लाबारी–७ बरगाछिमा पछिल्लो समय थेरापी सेवा प्रदान गर्दै आएका ब्याक्त्ती हुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय