सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको ३२औँ स्थापना दिवस सम्पन्न भएको छ । आईतबार संस्था स्थापना दिवसको अवसरमा उर्लाबारी -३ मंगलबारेस्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित एक कार्यक्रमबिच कर्मचारीसहित दर्जनौँ शेयर सदस्यहरुलाई सम्मानित गरिएको छ ।

सो अवसरमा संस्थामा कार्यरत मन्जु डोल्मा तामाङ उत्कृष्ट कर्मचारी पुरस्कारद्वारा सम्मानित भएकी छिन् । यस्तै संस्थामा २६ वर्षदेखी कार्यरत भई १५ दिन अघि मात्रै अवकाश लिएकी पुर्व कर्मचारी ईन्दिरा विष्ट खड्कालाई समेत सम्मानित गरिएको छ ।

त्यस्तैगरि सो अवसरमा असल ऋणी ,उत्कृष्ट ऋणी पुरस्कार, कारोबार बचतकर्ता पुरस्कार, उत्कृष्ट दैनिक बचतकर्ता, एकल महिला सम्मान, ज्येष्ठ सदस्य सम्मान, बाल बचतकर्ता पुरस्कार, ज्येष्ठ बचतकर्ता पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, असल ऋणी, उत्कृष्ट उद्यमी पुरस्कारलगायतका विभिन्न विधाहरुमा दर्जनौँ शेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरीप्रसाद सुवेदी, विशिष्ट अतिथी मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोईराला, संस्थाका अध्यक्ष हेमचन्द्र थापा, संस्थाकी सल्लाहकार यमुना न्यौपानेलगायतले दोसल्ला ओडाएर प्रमाणपत्र र नगदसहित सम्मानित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरीप्रसाद सुवेदीले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा सुनपकुवाले पुर्ण रुपमा शेयर सदस्यहरुको हितमा रहेर कार्यहरु गरेको बताउदै आगामी दिनहरुमा थप कार्ययोजनाहरु तयार गरी उत्पादनमूखी क्षेत्रहरुमा लगानी गर्न सुझाव दिए । यस्तै उनले सहकारी संचालकहरुले बचतकर्ताको रकम हिनामिना गरेको र कतिपय सहकारीका संचालकविरुद्ध मुद्धा चलेकोले हाल देशमा सहकारीको विकृति देखिएतापनि सुनपकुवामा त्यस्ता विकृती प्रवेश गर्न नदिन सुझाव दिए । उनले सहकारीलाई विकृतिभन्दा टाढा राख्न संचालक समिती र शेयर सदस्य दुवैको उतिकै दायित्व रहने बताउदै सहकारीको कू-प्रचार गर्ने प्रवृती विरुद्ध सजग रहन अनुरोध गरे ।

यस्तै उनले सहकारीमा ऋण लिएर नतिर्ने प्रवृति बढेको बताउदै कर्जा असुली केन्द्रलाई राज्यले चाडै संचालन गर्न आवश्यक रहेको औँल्याए । साथै उनले सहकारीसँग बाँझिएका ऐनलाई संशोधन गरि सहकारी संचालनमा सहजता ल्याउन आग्रह समेत गरेका छन् ।

संस्थाका अध्यक्ष हेमचन्द्र थापाको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संस्थाका सचिव रविन भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तिलादेवी खतिवडाले राखेकी थिईन् ।

४ हजार ९ सय ८७ जना शेयर सदस्यहरु रहेको सो सहकारीको कार्यक्षेत्र समग्र उर्लाबारी नगरपालिकासहित पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १-६, र मिक्लाजुङ गाउपालिका वडा नम्बर ६-९ सम्म रहेको व्यवस्थापक अभिमन्यू अर्यालले जानकारी दिए ।

वि.सं. २०५० सालमा स्थापित उक्त सहकारीको ३१ औँ वार्षिक साधारणसभा गत असोज ३ गते सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु क्रमश: हरी गड्तौला, रुद्रबहादुर खड्का ,रामप्रसाद गौतम , पदम सापकोटा ,संस्थाका सल्लाहकार समितीका पदाधिकारी, अल नेपाल होमियोप्याथीक एसोसिएसन कोशी प्रदेशका अध्यक्ष डा. हरीबाबु दाहाल, अस्थाई प्रहरी चौकी मंगलबारेका प्रमुख प्रहरी सहायक निरिक्षक चन्द्रबहादुर कार्कीलगायत विभिन्न संघसंस्था र सहकारीका अध्यक्ष एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय