![](https://purbipress.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-10-at-4.56.07-PM.jpeg)
अर्जुन काफ्ले ,उर्लाबारी, २८ पुस । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको नयाँ नेतृत्व चयन भएको छ । भानुभक्त शर्मा पराजुली पुनः सभापतिमा निर्विरोध निर्वाचित भए । अधिकांश क्रियाशील सदस्य नेपाली काँग्रेसका रहेपनि विगतदेखि नै उर्लाबारी रेडक्रसमा सहमतिमा अन्य पार्टीलाई पनि समेटेर समिति चयन गरिँदै आएको थियो ।![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2025/01/Messenger_creation_98E99984-8AF3-4C8F-864A-05375656F4EA-scaled.jpeg?resize=2560%2C1920&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2025/01/Messenger_creation_98E99984-8AF3-4C8F-864A-05375656F4EA-scaled.jpeg?resize=2560%2C1920&ssl=1)
निवर्तमान समितिमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा एस, जसपाको प्रतिनिधित्व रहेको थियो । जसले गर्दा रेडक्रसको रक्तसञ्चार केन्द्र सञ्चालनका साथै सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि सहजता भएको थियो । सबै पार्टीबाट प्रतिनिधित्व भएकोले अपनत्व महसुस गर्दै सबैले आ–आफ्नो पक्षबाट पहलकदमी लिएका थिए ।
नयाँ समिति गठनका लागि राजनीतिक दलहरु छलफलमा बसेपनि काँग्रेसभित्रकै एउटा समूहले त्यो सहमति हुन दिएन । अहिले त्यही समुहको समितिमा बहुमत देखिएको छ तर सभापति, उपसभापति बाहेक सबै नयाँ अनुहारले रेडक्रस उर्लाबारी र यसको कार्यभारलाई कसरी अघि बढाउलान् भन्ने चर्चा सुरु भएको छ । नयाँ समितिमा यमलाल रसाइली, छत्रबहादुर कार्की र मनोज लुइटेल बाहेक सबै काँग्रेसभित्रकै छ्न । ![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-10-at-4.56.07-PM.jpeg?resize=1600%2C988&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-10-at-4.56.07-PM.jpeg?resize=1600%2C988&ssl=1)
रेडक्रसका एक आजीवन सदस्यले भने, यसरी त रेडक्रस चल्ला तर सर्पदंश उपचार केन्द्र र रक्त सञ्चार केन्द्र चलाउन त्यति सजिलो भने छैन ।’ सर्पदंश उपचार केन्द्रको भवन निर्माण होस् या कर्मचारीको तलब उर्लाबारी नगरपालिकाले लगानी गर्दै आएको छ । नगरको सहयोग प्राप्त नहुने हो भने सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न कठिन छ ।
नयाँ समिति गठन भएपनि सपथ ग्रहण अघि नै दुई जनाले राजीनामा दिएका छन् । उपसचिव र महिला सदस्यमा निर्विरोध भएका क्रमशः नेत्रप्रसाद आपागाई र सीता कार्कीले पद छोडेका हुन् । उनीहरुले के कारणले राजीनामा दिए भन्ने नखुले पनि एउटै पक्षको मात्र समितिमा रहँदा रेडक्रसलाई सहजताका साथ अघि बढाउन नसकिने उनीहरुको ठहर अनुमान गर्न सकिन्छ । साथै उपसभापति पदका उम्मेद्वार निर्मला चौहान, कोषाध्यक्ष पदका उम्मेद्वार पूर्णबहादुर सुनुवार र हरिबाबु दाहालले उम्मेद्वार फिर्ता लिएको सार्वजनिक विज्ञप्ति प्रकाशित गरे ।नेकपा एमाले नेकपा एस र जसपाले संस्थागत रुपमै रेडक्रसको चुनावी प्रक्रिया वाट फिर्ता भए संगै पराजुली निर्वारोध निर्वाचित भएका हुन् । यसको जानकारी निर्वाचन अधिकृत कुमार पोख्रेलले सामाजिक सञ्जालमा दिए । उनले तीन जनाकै विज्ञप्ति राख्दै लेखे, ‘रेडक्रसको गतिविधि, जसको कारणबाट निर्वाचनमा सहयोग भएको छ ।’ ५ सय ९९ जना मतदाता रहेको उर्लाबारी रेडक्रसको निर्वाचनमा ८० जनाले मात्र मतदान गरे । अर्थात १३ प्रतिसत मत खसेको छ । निर्वाचनकै बेलाको यस्ता गतिविधिले उर्लाबारी रेडक्रस धरासायी हुने यहाँका पुराना रेडक्रसकर्मीले चिन्ता व्यक्त गरेका छन् ।