पथरी
मोरङ्गको पथरीशनिश्चरे २ मा हरिहर मन्दिर निर्माणको शिलान्यास भएको छ । सोमवार पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो,सताक्षीधाम गौलोक गौशालाका महाराज नन्दकिसोर भारद्धाजले संयुक्त शिलान्यास गरेका हुन् । पथरीशनिश्चरे २ मा रहेको निविशेषानन्द आध्यात्मिक प्रतिष्ठानले निर्माण गर्ने मन्दिर करिव २ कठठा जग्गामा प्यागोडा शैलीमा निर्माण हुने मन्दिर हरिहर भुमीका रुपमा विकास गर्न सुरुवात गरिएको शिलान्यास कार्यक्रममा जानकारी दिइएको छ ।
मन्दिरका लागि २ कठ्ठा जमिन दानमा प्राप्त भएको छ। मन्दिर २६ बाई २६ फिट परिधिमा निर्माण गरिनेछ, जसको १करोड ५० लाख रूपैयाँ लागत रहनेछ। यो मन्दिर भक्तजनहरूको आध्यात्मिक उन्नति तथा धार्मिक आस्थाको केन्द्र बन्ने विश्वास प्रतिष्ठानले जनाएको छ ।