बुद्धशान्ति

झापाको बुद्धशान्ति स्थित टिमाई खोला अव्यवस्थित उत्खननले हाल त्यहाका स्थानीय जनता त्रासमा रहेका छन्।

सरकारी मापदण्ड विपरीतनै खोला दोहन भएको भन्दै वडा नं ४ र ५ का स्थानीय , विभिन्न संघसंस्थाका पदाधिकारी तथा बुद्धिजीवी हरुले हिजो खोलामै गएर सचेत गराउदै स्थानीय सरकार तथा सरोकारवाला हरुलाई अनुगमन गरि यथासिघ्र रोक्न अनुरोध गरेका छन्।

मापदण्ड विपरीतको अव्यवस्थित उत्खननले नजिकै रहेको खानेपानीको मुहान जोखिममा रहेको साथै वर्षाको समयमा आसपासका जमिन र वस्तिमा बाढीबाट हुने खतराको मध्यनजर गर्दै जनप्रतिनिधि हरु द्वारा एक सचेतता कार्यक्रम गरि सचेत गराएको हो। विगत केही सालदेखि नै अव्यवस्थित रुपमा खोलाबाट अत्याधिक गिटि,बालुवा र ढुङ्गा निकासी भईरहेको हुनाले सिचाइ तथा खानेपानीमा समेत दखल पुर्याएका स्थानिय वडा नं ४ का सामाजिक व्यक्तित्व महेश म्याङ्वोले बताउनु भयो।
“यसरी मापदण्ड विपरीत भएको उत्खनन ले खानेपानीको मुहानमा प्रत्यक्ष असर परेको छ स्थानीय सरकारले अनुगमन गरि ठेकेदार लाई सचेत गर्नु पर्छ”सट्टाभर्ना मंगलबारे खानेपानी उपभोक्ता समूहका अध्यक्ष जीवन दहालले भन्नुभयो।


प्रतिवेदन भन्दा बाहिरको खोला दोहनले मानव वस्ती साथै प्रकृतिमा समेत असर पुग्ने भएको निर्देशिका र मापदण्डअनुरूप कार्य गर्न र गराउन स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने जिल्ला वन महासंघ बुद्धशान्तिका अध्यक्ष प्रकाश साम्सुहाङ लिम्बूले बताउनुभयो ।
अवैध र अव्यवस्थित खोला उत्खनन गर्नु गैरकानुनी हो,
यसमा गाउँपालिका ,सुरक्षा निकाय सरोकारवाला हरु बेलैमा सचेत नभए भविष्यमा हुन आउने जोखिमले प्रकृति साथै धनजनको ठुलै असर हुन्छ भन्ने पक्का छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय