उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको D’EASTERN COLLEGE OF HOTEL MANAGE MENT कलेजका विद्यार्थीहरु द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको एक दिने रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको कलेजले जनाएको छ ।
रगत अभावमा कसैले पनि अकालमा मृत्यु बरण गर्न नपरोस भन्ने उद्देश्यका साथ गरिएको कार्यक्रमले रगत अभावमा छटपटाई रहेका विरामीहरुलाई राहत पुग्ने अपेक्षा लिएको उर्लाबारी रेडक्रसका अध्यक्ष भानुभक्त शर्मा पराजुलीले बताउनु भयो ।
पछिल्लो समय युवा पुस्ता विद्यार्थीमाझ आर्कषणको केन्द्र बनिरहेको होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि D’EASTERN COLLEGE OF HOTEL MANAGE MENT सुनौलो गन्तव्य बनिरहेको कलेजले अध्यापनका साथ साथै सामाजिक कार्यहरुमा पनि विद्यार्थीहरुलाई सामेल गराउदै आएको कलेज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय