उर्लाबारी नगरपालिका वडा नम्बर २ स्थित सिरुझारको एक माछा खाडीमा सयौं माछा मरेको अवस्थामा पाईएको । सिरुझारस्थित सिरुझार विद्यालय छेउमा रहेको खाडीका सञ्चालक रत्नबहादुर श्रेष्ठकाअनुसार विहान करिव ५ बजे खाडीमा पुग्दा सबै माछा मरेको अवस्थामा फेला परेका थिए।

करिब दुई कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त खाडीमा राति नै कसैले विष हालिदिएको आशंका गरिएको छ। श्रेष्ठले भने, “ठूला माछा पानीमा तैरिरहेको अवस्थामा भेटियो। तिनलाई निकाल्न सकियो, तर धेरै माछा खाडीभित्रै मरेका छन्। मेरो यत्रो लगानी डुबेको छ ।”

श्रेष्ठले वि.सं. २०७२ सालदेखि घरपछाडि खाडी सञ्चालन गर्दै आएका छन्। हरेक सिजन करिब १ सय ५० केजी माछा उत्पादन हुँदै आएको उनले बताए।

अर्का संचालक दुर्गा श्रेष्ठकाअनुसार उक्त खाडीमा कमन कार्प, ग्रास कार्प, रहुँ, नैनी र सिल्भर कार्प जातका करिब ९० केजीभन्दा बढी माछा थिए।

यता वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेलले फोनमार्फत प्रतिक्रिया दिँदै किसानको क्षति दु:खद भएको बताए। उनले क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे छानबिन हुने जानकारी दिए।

वडाध्यक्ष कडेलकाअनुसार उर्लाबारी नगरपालिकाबाट किसानलाई विभिन्न घटना तथा दुर्घटनाबाट कृषी उत्पादनमा भएको क्षतीको विस्तृत विवरण संकलन गरि ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म राहत उपलब्ध गराईदै आएको जानकारी दिए ।

हाल उर्लाबारी प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तयारी गरिरहेको छ।

संचालद्वय श्रेष्ठकाअनुसार सो घटनाबाट करिव ५५ हजार बढीको क्षती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय