
नेपाली काग्रेसको शुभेच्छुक संस्था ” बिपि अध्ययन प्रतिष्ठान” उर्लाबारीको समिती बिस्तार गरिएको छ ।
बुधबार उर्लाबारी वडा नम्बर ७ स्थित नेपाली कांग्रेस उर्लाबारी नगर समितीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोमप्रसाद तिम्सिना (राम)को अध्यक्षतामा १८ सदस्यीय समिती गठन भएको हो ।।




सो समितीको वरिष्ठ उपाध्यक्षमा धुर्वचन्द्र पराजुली, महिला उपाध्यक्षमा मेनुका लुईटेल, सचिवमा रेवत सुवेदी, कोषाध्यक्षमा रेखा लिम्बू, सह-सचीवमा बिबेक बस्नेत र सदस्यहरुमा तिलक नेपाली, देवा कुमारी सुवेदी, जिना बस्नेत, बोधराज अधिकारी, बिजय धिमाल, बिवेक खतिवडा, रोमन थापा, बबिता रायमाझी , छुनुमाया याख्खा , प्रवीन बस्नेत, ईश्वर वाग्ले, गितादेवी अधिकारी र बिमला सुब्बा रहेका छन् ।
यस्तै उक्त भेलाले सल्लाहकार समिती समेत बिस्तार गरेको छ। जस्मा दुर्गा प्रसाद खतिवडा, डाक्टर मोहन शम्सेर थापा, भैरव कार्की र लक्ष्मी ढकालको ५ सदस्यीय सल्लाहकार समिती गठन भएको छ ।
विस्तारीत समितीका पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले मनोनितको पत्र बितरण गर्नु भयो भने नगर सभापती सुरेन्द्र लिम्बुले खदा लगाएर सफल कार्यकालको शुभकामना दिनुभयो।
विस्तारीत समितीका पदाधिकारी र सदस्यहरुलाई प्रमुख अथिती फागोले सम्बोधन गर्दै बिपिको आदर्श र सिद्धान्तलाई आम सर्वसाधरण जनतासम्म पुर्याएर बुझाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नगरस्तरिय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । बिपि अध्ययन प्रतिस्ठान वि.सं.२०६९ सालमा स्थापना भएको कांग्रेसको शुभेच्छुक संस्था हो ।