
उर्लाबारी मोरङ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई कर्मचारी निलम्बनमा परेका छ्न । ड्युटी समयमै बिना जानकारी मादक पदार्थ सेवन गर्ने ती दुई कर्मचारीलाई निलम्बन गरिएको हो । घटना बिबरण अनुसार गत बिहिबार राती ड्युटिमा आउनु पर्नेमा उनीहरु ड्युटिमा न आई मादक पदार्थ सेवन गरिरहेको अबस्थामा फेला परे पछि स्थानिय युवाले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका ती दुई कर्मचारी एक जना कार्यलय सहयोगी र एक जना पारा मेडिक्स रहेका छ्न । नियन्त्रणमा लिएकालाई अस्पताल प्रशासनको जिम्मा लगाएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रबि शाहका अनुसार दुबै जनालाई बिभागिय कारबाही गरिएको छ । ब्याबस्थापन समितिको बैठक पछि थप के कारबाही हुने र अहिले निलम्बन गरिएको शाहले जानकारी दिए । उनीहरुको नाम भने गोप्य राखिएको छ ।



