रतुवामाई । मोरङ क्षेत्र नम्बर- २ बाट नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा ऋषिकेश पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका जिल्ला अध्यक्षसमेत रहनुभएका पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
पार्टीका क्षेत्रीय संयोजक गोपी चाँपागाईले पोखरेलको नाम प्रस्ताव गर्नुभएको थियो । जसलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । चाँपागाईका अनुसार प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा गंगा डाँगी, नैनकला ओझा, लोकनारायण मिश्र, भुवनसिंह राई, वर्तलाल राजबंशी, धिरेन्द्रप्रसाद दास, मनिश राई, नारायणलाल दास र श्याम ताजपुरियाको नाम सिफारिस भएको हो ।
२०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै पोखरेलले संविधानसभा सदस्य बन्नुभएको थियो । २०७४ को निर्वाचनमा भने पोखरेल नेपाली कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित हुर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय