मोरङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर-४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ-४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए ।
मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएका थिए । मोदी ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए ।
यस्तै मोरङ-४ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ ।