विराटनगर । संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांंग्रेसका नेता मीनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस भएको छ ।
वाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल विजयी भएका थिए । यसपटक भने उनलाई पार्टीभित्रै अर्की नेतृ सुजाता कोइरालाले टिकटमै कडा टक्कर दिएकी छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस संकटमा परेको बेला मोरङका ६ क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मात्रै कांग्रेस विजयी भएको थियो, जहाँ रिजालले वाम गठबन्धनका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।
कांंग्रेसको मोरङ क्षेत्र नम्बर २ समितिले प्रतिनिधिसभा र प्रदेशतर्फका उमेदवारको नाम सिफारिस गरिसकेको छ ।
मोरङ क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहले प्रतिनिधिसभा र प्रदेशसभाका आकांक्षीहरुको नाम सिफारिस गरेर पार्टीको माथिल्लो तहमा पठाएको जानकारी दिए ।
मोरङमा कांग्रेसको जनलहर राम्रो मान्ने गरिएको भए पनि २०७४ निर्वाचनमा जम्मा एउटा निर्वाचन क्षेत्रमा रिजाल विजयी भएर कांग्रेसको साख बचाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय