पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर भित्र संचालनमा रहेका भेटेरिनरी पसल दर्ता र नबिकरणमा अत्यधिक कर बृद्धी गरेको प्रति नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन पथरीशनिश्चरेले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
सोमबार नगरपालिकामा नगर उपप्रमुख देविमाया काफ्लेलाई एसोसिएसनका नगर अध्यक्ष अर्जुन काफ्ले सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरसभाले नगरभित्र संन्चालित भेटरीनरी तथा कृषि सामाग्री पसल नबिकरण गर्न अघिल्लो बर्षको भन्दा २ सय ५० प्रतिशत कर बृद्धि गरेको र सो कर बृद्धि बैज्ञानिक नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो कर बृद्धी उचित समायोजन गर्न माग गरिएको छ ।
कृषी तथा पशुपालन क्षेत्रमा काम गरिरहेका प्राबिधिक पलायन गराउने तथा कृषकलाई प्रत्यक्ष असर पर्ने कार्य नगर्न समेत ध्यानाकर्षण गरिएको अध्यक्ष काफ्लेले बताए ।
पथरीशनिश्चरे नगर भित्रका पशु स्वास्थ्य प्राबिधिकहरुको टोलीलाई कर बृद्धीका बारेमा थप सल्लाह गरेर समायोजनमा सहयोग गर्ने प्रतिबद्धता नगर उपप्रमुख काफ्लेले गर्नु भएको थियो ।
ADVERTISEMENT