उर्लाबारी । बदलिदो समय सगै विध्यार्थीहरुको अभिरुचिलाई मध्यनगर गर्दै मोरङको उर्लाबारीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले टेक्निकल इन्स्टीच्युट अफ मल्टि एजुकेशनल स्किल्स (टाइम्स) इन्स्टीच्युट खुलेको छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जना शैक्षिक ब्यक्तित्वहरुको लगानीमा सो सस्था स्थापना भएको हो । उर्लाबारीका दुर्गाप्रसाद पौडेल, नवराज भट्टराई, प्रेमराज शर्मा, उद्धब मिश्र र अभिमन्यु अर्यालको संयुक्त लगानीमा टाइम्स सञ्चालनमा ल्याइएको हो ।
उर्लाबारी-७ मा सञ्चालनमा ल्याइएको टाइम्समा कम्प्युटर कोर्ष, बिज्ञान विज कोर्ष, अंग्रेजी, जापनिज, कोरियन, हिब्रू भाषा कक्षा सञ्चालन भइरहेको कम्पनीका अध्यक्ष प्रेमराज शर्माले जानकारी दिए । विभिन्न विषयका ट्यूसन तथा कोचिङ कक्षाहरुसमेत सञ्चालन भइरहेको उनले बताए ।
विभिन्न स्थानीय तहसँगको सहकार्यमा क्षमता विकास र स्वरोजगारमूलक तालिमसमेत दक्ष प्रशिक्षकबाट प्रदान गर्ने सञ्चालक दुर्गाप्रसाद पौडेलले जानकारी दिए । लोक सेवाका कक्षा, बैंकिङ, परामर्शलगायतका सेवा पनि दिने उनको भनाई छ । आईईएलटीएस, पिटीई, टोफेल र जिआरईको कक्षासमेत सञ्चालनमा रहेको उनले बताए । टाइम्सले दक्ष र अनुभबी प्रशिक्षक तथा शिक्षकहरुबाट गुणस्तर शिक्षा प्रदान गर्ने सञ्चालक नवराज भट्टराईले दाबी गरे । उनका अनुसार अन्य इन्स्टीच्युटभन्दा पृथक टाइम्स बन्ने छ ।
भट्टराई लामो समयदेखि उर्लाबारी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् । भट्टराईसँग १६ बर्ष शिक्षण पेशा गरेको अनुभव छ । त्यस्तै, दुर्गाप्रसाद पौडेल २५ बर्षदेखि शैक्षिक क्षेत्रमै कार्यरत रहेका छन् भने प्रेमराज शर्मा विगत १० बर्षदेखि शिक्षण पेशामा आबद्ध रहेका छन् । यस्तै, उद्धब मिश्रसँग ८ बर्ष र अभिमन्यु अर्यालसँग ५ बर्षदेखि शैक्षिक क्षेत्रमा रहेर काम गरेको अनुभव छ ।
अन्य विषयका लागि दक्ष र अनुभवी शिक्षक तथा प्रशिक्षकको ब्यवस्था मिलाएको सञ्चालक अभिमन्यु अर्यालले जानकारी दिए ।








