पथरी । मोरङको पथरीशनिश्चरे-१ मा रहेको न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले सोमबार आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
सो अवसरमा विध्यालयले पुर्व विध्यार्थी, अभिभावक, शिक्षक गरी एक दर्जन भन्दा बढीलाई सम्मान गरेको छ ।
दिवशको अवसरमा विध्यालयले पथरीशनिश्चरे १ मा रहेको सुनाखरी माविका प्रधानाध्यपक नरेन्द्र घिसिङ, पूर्ब विद्यार्थी पण्डित युगलकिशोर अधिकारी, कलाकार अनुप राउतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षिकाको रुपमा रेखी गुरुङ र मेनुका सुवेदी, अभिभावकहरु बलराम साप्कोटा, कल्पना चौहान, केशव दाहाल, पुण्यबहादुर तामाङ, दधिराम साप्कोटा, सुबास गुरुङ र पूणर्सिंह चेम्जोङलाई सम्मान गरिएको प्रिन्सिपल उद्धव निरौलाले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा दंगालको सभापतित्व र नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको शिक्षा शाखाका अधिकृत नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, स्वयम विद्यालगका संस्थापक निर्देशक टिकाप्रसाद दंगाल लगायतले शुभकामना दिएका थिए ।
बार्षिक उत्सवको अवसरमा अभिभावक वीच खेलाइएको बिभिन्न खेलमा बिजेताहरु र नर्सरीदेखि कक्षा १० सम्मका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय