उर्लाबारी, १७ फागुन । नेपाली कांग्रेसका सस्थापक नेता शुवर्ण शमशेरको ११३ औ जन्मजयन्तीको अवसरमा उर्लाबारीमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
उर्लाबारी वडा नम्वर–३ को आयोजनामा नेपाली कांग्रेसका सस्थापक नेता शमशेरको सम्झनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिती प्रदेश नम्वर १ का सहमहामन्त्री खड्ग फागोले नेपाली कांग्रेसको स्थापनामा शमशेरको महत्वपुर्ण योगदान रहेको बताउनु भयो ।
विस २००३ सालमा नेपालमा कांग्रेस स्थापना गर्न विपी कोइराला सग सहकार्य गरेर शमशेरले नेपालबाट २००७ सालमा राणाशासन उन्मुलन गर्न योगदान पु¥याएको फागोले चर्चा गर्नुभयो।
विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी गोमा नेपाल, बानु सुव्वा, प्रदेश १ (क) उपसभापति लोलिम पोमु, उर्लाबारी कार्यबहाक सभापति राजन राजयमाझी, उर्लाबारी वडा नम्वर–३ का पुर्व वडाअध्यक्ष गञ्जबहादुर कार्की, रामप्रसाद तिम्सीना, क्षेत्रिय प्रतिनिधी रेस बहादुर कटवाल, भिम थापा लगाएतले शमशेरले नेपाली राजनितीमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
शमशेर विस २०१२ मा नेपाली कांग्रेसको सभापति हुनुभएको थियो भने २०१५ मा १ वर्ष प्रधानमन्त्री बन्नुभएको थियो ।
कार्यक्रम वडा नम्वर–३ का सभापति रोहित कार्कीको सभापतित्वमा भएको थियो भने कार्यक्रम वडा सचिव प्रदिप सग्रौलाले गर्नु भएको थियो ।