
उर्लाबारी, ६ चैत । अनेरास्ववियुको ५ दलिय गठबन्धनलाई सर्वाधिक मातान्तरले हराउदै फागोको गृहनगर उर्लाबारीमा नेविसंघले ईतिहास रचेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सहमहान्त्री खड्ग फागोको गृहनगर उर्लाबारीमा अनेरास्ववियुं सहितको ५ दलिय गठबन्धको प्यानललाई “क्लिन स्विप” गर्दै नेविसघले ईतिहास रचेको छ ।
कोशी प्रदेश स्ववियु समन्वय समिती सयोजक समेत रहनु भएका फागोको गृह नगर मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको साझा प्यानललाई सर्वाधिक मतान्तरले हराउदै नेपाली कांग्रेस निकट विद्यार्थी संघको प्यानल (नेविसंघ) नै विजयी बनेको हो ।
हिजो सम्पन्न स्ववियु निर्वाचनमा कुल १ हजार ३ सय ५९ मत मध्ये नौ सय ९० मत खसेको थियो । जसमा नेविसंघबाट उम्मेदवार बन्नु भएका विवेक कार्कीले ६ सय ५१ मत प्राप्त गर्नु भयो भने अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दहालले ३ सय २५ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।
उर्लाबारी क्याम्पसमा स्थापना कालदेखी नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा एमाले निकट विद्यार्थी संघले यस पटक पनि नेतृत्व हत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रिती दहाललाई उम्मेदवार बनाएको थियो । तर यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयी भएको हो ।
आज विहान घोषित मतपरिणाम अनुसार सभापतिमा कार्कीले दहाललाई ३ सय २६ मतको सर्वाधिक मतान्तरले हराउदै विजयी हासिल गर्नुभएको चिर्वाचन कार्यालयले जनाएको छ ।
विजयी विद्यार्थीहरुलाई शुभकामना दिदै सहमहामन्त्री फागोले निश्पक्ष भएर स्ववियुको नेतृत्वले बिबेक पुर्याएर सम्हाल्न विजयीहरुलाई आग्रह गर्दै भन्नुभयो-“केही अवरोध आउन खोज्दै थिए समाधान गरेर अगाडी बढ्दा उर्लाबारीमा नेविसंघले ईतिहास रच्यो।”
यस्तै प्रत्यक्ष्य तर्फको पदाधिकारीमा सचिव तर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वर अधिकारीले ३ सय ७० मत प्राप्त गर्नु भएको छ । यस्तै कोषाक्ष्यमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका भिम बहादुर मंग्रान्तीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रतक्ष्यतर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दिप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना वि.क. ले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५ सय २६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सदस्य प्रत्यक्ष्य तर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दिपेन्द्र बहादुर विश्वकर्माले ४ सय २१ विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ र विश्वास राईले ३ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिल क्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थापना कालदेखी नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुदै आएको अनेरास्ववियुलाई वि.स २०६२ सालमा नेविसंघले एक उपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो ।
अनेरास्ववियुको अपराजितयात्रालाई पुणर्विराम लगाउन यस पटकको निर्वाचनमा सहमहामन्त्री खड्ग फागोे, नेविसंघ पुर्व मोरङ जिल्ला सभापति मुक्ति प्रकाश न्यौपानेको सयोजकत्वमा लामो समय विद्यार्थी नेतृत्व गरेका नाराएण सिटौला, सुजित जसवाल, महेन्द्र ठाकुर, तिलक पौडेल, योगेस छिनाल, भुपेन काफ्ले अर्विन घिमिरे जस्ता अनुभबी विद्यार्थीनेताहरु अग्रपंक्तिमा रहेका थिए । भने स्ववियु निर्वाचनमै केन्द्रित भएर नेपाली काग्रेस पार्टी फागोको निर्देशनमा संचालित थियो ।




हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरणामले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई क्लिन स्विप गर्दै सर्वाधिक मतका साथ नेविसंघ विजयी बन्दै ईतिहास रचेपछि उर्लाबारीमा स्ववियु निर्वाचनका बारेमा थप चर्चा हुन थालेको छ ।
उर्लाबारीमा पहिलो पटक पुणर्सर्वाधिक मतले ५ विद्यार्थी संगठनका उम्मेदवारलाई हराएपछि जनस्तरमा चर्चा चुलिएको । “जनस्तरमा केही अवरोध सृजना हुन खोजेपनि त्यस्लाई समाधान गरेर सर्वाधिक मतले विजयी गराउने नेतृत्वको चर्चा बटुलिएको छ ।”