रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उर्लाबारीमा वडा कमिटी विस्तार गरेको छ ।

शनिबार रास्वपाका उर्लाबारी नगर सभापति उमेशजंङ थापाको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी वडा नम्वर ८ मा पदाधिकारी चयन गरिएको हो ।

हिजो आयोजित वडा स्तरिय भेलाले उर्लाबारी—८ मा ईन्द्रकमल अधिकारीको सभापतित्वमा रहने गरी नौ सदस्यिय तदर्थ समिती गठन गरेको हो । सो समितीको उप-सभापतिमा गणेश राई, सचिवमा मदनकुमार गौतम र सदस्यहरुमा टिका श्रेष्ठ, शुष्मा गौतम , टिकाराम दुलाल, मेघराज कटुवाल, निर्मला अधिकारी र विष्णु प्रसाद दुलाल रहेका छन् ।

यसअघि रास्वपाले उर्लाबारीको ४ वटा वडामा कमिटी गठन गरेको रास्वपाका नेता समिर कुईकेलले जानकारी दिए ।

यस्तै वडा नम्बर ५,६ र ९ मा आगामी शनिबारसम्म गठन गरिसक्ने रास्वपाका मोरङ् जिल्ला सह-संयोजक भरत कडेँलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय