उर्लाबारी, १० साउन । मोरङको उर्लाबारी नगरपालिका वडा-२ ले वडा स्तरिय विपद व्यावस्थापन समिती चलायमान गराउन फोकल पर्सन तोकेको छ ।
वडामा हुने सम्भवित विपदको घटनालाई मध्यनजर गर्दै आज (बुधबार) वडामा बसेको विपद व्यावस्थापन समितीले वडाको भुगोल अनुसार कमिटी गठन गरी फोकल पर्सन तोकेको हो ।
वडा स्तरिय विपद व्यावस्थापन समितीका संयोजक एवम उर्लाबारी-२ का वडाध्यक्ष कुमार कडेलको अध्यक्षतामा वसेको बैठकले वडाको पुरानो बजार र डुम्रेलाई केन्द्रित गरी बेतेनी सामुदायिक वनका अध्यक्ष भिम राईलाई फोकल पर्सन बनाउने निणर्य गरेको छ । कमिटीमा स्थानिय श्याम ढकाल र वडा प्रतिनिधीका रुपमा सिता डागी सदस्य रहेकी छन् ।
यस्तै सिरुझार र देविझोडालाई गाउको फोकल पर्सनका रुपमा सृजना सामुदायिक वनका अध्यक्ष कैलाश राई र शेरबहादुर भण्डारीलाई फोकल पर्सन तोकिएको छ भने वडा प्रतिनिधीका रुपमा वडा सदस्य हेमकुमारी नेपाली रहेकी छिन् ।
यस्तै सुनझोडा गाउको फोकल पर्सनका सुझोडा सामुदायिक बनका अध्यक्ष बल बहादुर धिमाल रहेका छन् । कमिटीको सदस्यमा स्थानिय राम बहादुर धिमाल र वडा प्रतिनीका रुपमा वडा सदस्य रुद्र धिमाल रहेका छन् ।
सालबारी गाउलाई केन्द्रित गरी सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा र कमला मगर फोकल पर्सन रहने गरी कमिटी गठन गरेको छ । वडा प्रतिनिधीका रुपमा वडा सदस्य नर बहादुर धिमाल रहेका छन् ।
प्रतिकार्यमा अस्थायी प्रहरी चौकी उर्लाबारी-३ मंगलबारे र नेपाल रेडक्रस सोसाईटी उर्लाबारी शाखा रहने गरी विपद व्यावस्थापन तथा जोखिम न्युनिकरण गर्न समिती गठन गरीएको वडाध्यक्ष कडेलले बताए ।
कार्यक्रम उर्लाबारी-२ को तेली खोला र डुम्रे खोलामा जापान सरकारको सहयोगमा तटबन्धन परियोजना संचालन गर्न आएको आर. एन. एन प्रतिनिधी शालिकग्राम घिमिरेले सहजीकरण गरेका थिए ।
ADVERTISEMENT