२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले वृहत वृक्षरोपण गरेको छ । “एक युवा पाँच विरुवा” भन्ने मुल नारालाई आत्मसाथ गर्दै युवा संघ उर्लाबारी नगर समितीको आयोजनामा शनिबार विहान उर्लाबारी-१ लक्ष्मीझारस्थित सोल्टि खोलाको तिरमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकीले बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रुख तथा बोटबिरुवा जर्गेना गर्न वृक्षरोपणले सहयोग पुर्याउने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला संयोजक प्रविन घिमिरेले अबको समय भाषण भन्दा पनि सामाजिक कामले मात्र जनताको मन जित्न सकिने धारणा राख्दै उनले बाढि पहिरोको जोखिमयुक्त क्षेत्रहरुमा युवाहरु परिचालित हुन आग्रह गरे ।

यस्तै कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल , उप प्रमुख मिना खतिवडा पौडेल लगायतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तिलक पाण्डे, वडा नम्बर ७ की वडाध्यक्ष उर्मीला थापा, कार्यपालिका सदस्य मनमाया तामाङ् र सुनिल धिमाल, वडा सदस्य टिका भुजेल, गणेश माझी र गौरी शंखर दाहाल, नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला, एमाले मोरङ् जिल्ला सचिवालय सदस्य मेनु पाण्डे, युवा संघ नेपाल मोरङ्ग जिल्ला सचिवालय सदस्य मनोज दाहाल, अनेरास्ववियु मोरङ् जिल्ला सचिवालय सदस्य प्रिती दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

युवा संघ उर्लाबारीका संयोजक नितम चौहानको अध्यक्षतामा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा २ सय ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय