उर्लाबारी, ६ असोज । मोरङको उर्लाबारीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दुई अग्रज पत्रकार सम्मानित भएका छन् ।
उर्लाबारीलाई कार्यक्षेत्र बनाएर ३ दशक भन्दा बढी पत्रकारीता क्षेत्रमा अनवरत कलम चलाई रहेका संचार क्लव नेपालका सस्थापक अध्यक्ष एवम अलकापुरी साप्ताहिक पत्रिकाका सम्पादक दुर्गा प्रसाद खतिवडा र न्यु पाभिभरा सप्ताहिका सम्पादक दुर्गा प्रसाद भट्टराई सम्मानित भएका हुन ।
खतिवडा उर्लाबारी-६ का बासिन्दा हुन भने भट्टराई उर्लाबारी-४ का स्थायी बासिन्दा हुन ।
खतिवडालाई उर्लाबारी खानेपानी सस्थाले सम्मानित गरेको हो भने भट्टराईलाई उर्लाबारी उधोग बाणिज्यले सम्मानित गरेको हो ।
भट्टराईलाई उर्लाबारी उद्योग बाणिज्य संघले नगद ५ हजारसहित सम्मान गरेको छ । उर्लाबारी नगरपालिकाका उपप्रमुख मिनादेवी पौडेल खतिवडा र संघका अध्यक्ष शेरबहादुर भण्डारीले सम्मानपत्रसहित उहाँलाई सम्मान गर्नुभएको हो ।
त्यस्तै, खतिवडालाई उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगद १० हजारसहित सम्मान गरेको हो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । अलकापुरी नेपाल साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत रहनु भएका खतिवडा पनि चार दशकले पत्रकारिता गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय