
उर्लाबारी । मोरङको उर्लाबारी–३ मगलबारे स्थित त्रिवेणी चौकमा पर्ने तेलीखोला पुललाई आकर्षक बनाउन स्थानीय युवाहरूको पहलमा रंगरोगन कार्यमा सुरु भएको छ ।
स्थानिय राजन सुवेदी, माधव सुवेदी (गुरु), भूपाल मगर, किशोर गिरी, हरी धिमाल, गिरी खाजा घर, सुनपकुवा दूध डेरीको नेतृत्वमा तथा युवा समाजसेवी प्रताप लिम्बु (धानखेती), पथरीका युवा व्यवसायी भरत लामा तथा राष्ट्रिय ग्रामीण पुनर्निर्माण नेपाल (च्च्ल्) संस्थाको सहयोगमा यो कार्य भएको हो ।
स्थानिय युवाहरूले पुललाई सफा र सुन्दर बनाउने उद्देश्यले स्वत र्स्फुत रूपमा रंगरोगन कार्य थालेका हुन । उनीहरूको सक्रियतामा पुलको दुवै छेउ रंगाइ आकर्षक बनाईने भएको छ ।
कार्यक्रममा सहभागी रहेका युवा अभियन्ताहरूले भने, “हाम्रो सानो प्रयासले उर्लाबारीको सौन्दर्य वृद्धि हुनेछ र स्थानीय बासिन्दालाई सफाइ तथा सौन्दर्यकरणप्रति सचेत बनाउनेछ ।



