उर्लाबारी । मोरङ उर्लाबारीको अग्रणी शैक्षिक संस्था सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेण्डरी स्कुलले ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाउने भएको छ । यही फागुन १५ देखि १७ गतेसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो ।
तीन दिवसीय कार्यक्रमको पहिलो दिन खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न् भएको छ ।
दोस्रो दिन अर्थात फागुन १६ गते प्राइमरी कक्षाका विद्यार्थीहरुको विविध साँगीतिक कार्यक्रम संचालन भएका छन् । जस अर्न्तगत दोस्रो चरणको कार्यक्रममा अनुशासित विद्यार्थी, व्याक्तिगत सरसफाई बर्षैभरी उत्कृष्ठता हासिल गरेका २ जाना विद्यार्थी गरी ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिती उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले सम्मानपत्रले सम्मानित गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती सिरेङले बालबालिकालाई कलिलै उमेरमा पढाईको बोझ थुपारेर मात्र उनिहरुको सर्वागिण विकास हुन नसक्ने भन्दै सानै उमेर देखी नै पढाईका साथ साथै सहक्रियाकलापमा जोड्नु पर्ने बताउनु भयो । कार्यक्रमको अन्तिम दिन फागुन १७ गते वृहत साँगीतिक कार्यक्रमसहित शिक्षक, विद्यार्थीलगायतलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको विद्यालयका संस्थापक/प्रिन्सिपल लेखनाथ भट्टराईले बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रतिभा प्रस्तुत गर्ने छन् ।
२०५० सालमा स्थापना भएको यो विद्यालयमा हाल १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ भने ६५ जना शिक्षक कर्मचारी कार्यरत छन् । सप्तकोशीले एसईई, एसएलसीलगायत परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय