
उर्लाबारी, ७ भर्दौ । पछिल्लो समय उर्लाबारीका विभिन्न क्षेत्रमा चोरीका घटनामा बृद्धि भएको भन्दै मोबाइल एण्ड इलेक्ट्रोनिक व्यावसायी संघ उर्लाबारीले निकायहरुको ध्यानाकर्षण गराएको छ ।
चाडपर्व नजिकिए सगै उर्लाबारी क्षेत्रमा हरेक वर्ष जसो चोरीका घटनाहरु बढ्दो क्रममा हुने गरेका छन् । पछिल्लो समय उर्लाबारी-७ मा रहेको मोवाइल वल्र्डमा ताला फुटाई चोरी भएको थियो ।
सोही घटनालाई लिएर मोबाइल व्यावसायीहरुको समुहले ईलाका प्रहरी कार्यालय उर्लाबारी, स्थानिय पालिका र वडा कार्यालयहरुलाई शान्ति सुरक्षा कडा पार्न ध्यानाकर्षण गराएको जनाएको छ ।
चाडपर्व नजिकिए सगै उर्लाबारीमा, मोटरसाइकल, साइकल लागएतका चोरीका घटनाहरु बढ्ने गरेका छन् ।



