पथरी
नेकपा एमाले पथरीशनिश्चरे नगरको अधिवेशन चैत्र २७ मा हुने भएपछि एमाले नगर अधिवेशनको सारगर्मी वडेको छ  ।  नगरकमिटीको सचिवालय वैठकले रत्न कुमार वान्तवाको स्मृती दिवस पारेर नगर अधिवेशनको मिती तय गरेको हो । नगर अधिवेशन नजिकिए संगै नयाँ नेतृत्वका लागी रस्साकस्सी सुरु समेत भएको छ । एमाले नेतृत्वका लागी लविङ्ग गर्ने र संगठित सदस्यहरु संग भेटघाटको कार्यक्रम समेत सुरु भएपछि नेतृत्व चयन चुनावी प्रक्रिया वाटै हुने अनुमान एमाले नेता कार्यकर्ताले गर्न थालेका छन् ।

नयाँ नेतृत्व लिनका लागी आधा दर्जनले इच्छा देखाएका छन् । वर्तमान नगर अध्यक्ष रमेश दाहाल जिल्ला कमिटी सदस्यमा निर्वाचित भए संगै पथरीको एमालेको नेतृत्व कस्ले गर्ने भन्ने विषय समेत चर्चाको विषय बनेको छ ।

अहिले अध्यक्षका लागी पुर्व वडा अध्यक्षहरु बाबुराम याङदेन,याम गुरागाई, एमाले नगर उपाध्यक्ष प्रकाश वहादुर कार्की, नगर सचिवालय सदस्य संन्जिव गिरी र पुर्व उपाध्यक्ष उमानाथ अधिकारीले इच्छा देखाएका छन् । नेतृत्व चयन सर्वसम्मत भए पनि निर्वाचन वाट नेतृत्व चयन भएपनि अध्यक्षका लागी उम्मेद्धारी दिएरै नेतृत्व लिने दाउमा उनीहरु रहेका छन् । नगरकमिटीको अध्यक्षमा दावी गर्नेको संख्या आधा दर्जन भएपनि सचिव र अन्य पदाधिकारीमा दावी भने कमैको रहेको छ । नगरमा उपाध्यक्ष सचिव एक एक जना निर्वाचित हुने छन भने २ जना उपसचिव निर्वाचित हुने एमालेको विधानमा रहेको छ ।पथरीशनिश्चरे नगरमा रहेको संगठित सदस्य मध्ये नगरअधिवेशनका लागी प्रतिनिधी छनौट मिती भने पुर्ण वैठकले तय गर्ने एक पदाधिकारीले जानकारी दिए ।
१० जना संगठित सदस्य वाट एक जना प्रतिनिधी छनौट हुने छन् भने जनवर्गिय संगठन वाट समेत प्रतिनिधी छनौट हुने भएका छन् । मजदुर वाट ४ जना र अन्य जनवर्गिय संगठन वाट ३,३ जना प्रतिनिधी छनौट हुने छन् ।

पथरीशनिश्चरेमा अखिल नेपाल महिला संघ,युवा संघ,मुक्ती समाज,अखिल नेपाल किसान संघ,नेपाल खेलकुद महासंघ, वुद्धिजिवी संगठन,अनेरास्ववियु लगायतका जनवर्गिय संगठनले नगर अधिवेशनका लागी प्रतिनिधी छनौट गर्ने भएका छन् । नयाँ बन्ने एमाले नेतृत्व कस्तो वन्ने र कस्को नेतृत्वमा बन्ने विषयको चासो अन्य राजनैतिक दलमा समेत चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय