उर्लाबारी उद्योग वाणिज्य संघले दशैं तिहार लक्षित स्किम लागु गरेको छ । संघको आईतबार बसेको बैठकले नया सदस्यता प्रवेश शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बुले जानकारी दिए ।

लिम्बुकाअनुसार यसअघि १ हजार लिईदै आएको प्रवेश शुल्कमा दशैंतिहार स्किमस्वरुप व्यपारीहरुले ५ सय रुपैयाँ छुट पाउनेछन् ।

अन्य शुल्क यथावत् राखिएतापनि सो छुट भने प्रवेश शुल्कमा मात्र उपलब्ध हुने बताईएको छ ।

यसअघि संघको नया सदस्यता लिन १ हजार ८ सय ५० रुपैया शुल्क बुझाउनुपरेतापनि अब सो स्किमअनुसार १ हजार ३ सय ५० रुपैयाँ मै नया सदस्यता पाईनेछ ।

यस्तै संघको सदस्यता लिदा नि:शुल्क रुपमा व्यवसायीहरुको दुर्घटना बिमा समेत गराईने संघका अध्यक्ष लिम्बुले बताए । उनकाअुसार सो स्किम आगामी कार्तिक २३ गतेसम्म लागु हुनेछ ।

हाल संघमा १ हजार २ सय १२ जना सकृय सदस्य रहेका छन् ।

यता संघको सकृयतामा मंगलबार उर्लाबारी वडा नम्बर ८ स्थित आमबारी बजारमा सिसी टिभी जडान गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय