उर्लाबारी उद्योग वाणिज्य संघको नि:शुल्क बिमा स्किममा व्यपारीहरुको आकर्षण बढ्दोड रुपमा पाईएको छ ।

गत असोज २० गतेदेखी लागु भएको सो स्किममा नया सदस्यता प्रवेश शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यस्तै सदस्यता लिदा व्यपारीहरुको निःशुल्क दुर्घटना बीमा समेत गराईदै आएको छ ।

यसैबिच शुक्रबारसम्म संघमा ३ सय १५ जना व्यवसायीहरुको बीमा गराईएको छ । जसमध्ये २७ जना नया सदस्यता लिई वाणिज्य संघमा प्रवेश गरेका छन् । नया सदस्यता लिएका उर्लाबारी वडा नम्बर ५ का एक व्यवसायी बताउछन्,” निःशुल्क दुर्घटना बीमा कार्यक्रम लोकपृय छ , यो जोखिम बहन गर्ने उपर्युक्त योजना हो । यो हरेक व्यपारीको आवश्यकता समेत रहेको महशुस गरि म संघमा जोडिएको छु ।”  यस्तै उनले उर्लाबारी क्षेत्रमा व्यवसाय गर्ने अन्य व्यपारीहरुलाई बीमा गर्नकै लागि भएपनि संघमा आबद्ध हुन अपील गरेका छन् ।

यससँगै उर्लाबारी उवासमा सदस्यता संख्या १ हजार २ सय ३९ पुगेको छ ।

अध्यक्ष तारामान लिम्बुको नेतृत्वमा निर्वाचित समितिले आफ्नो घोषणापत्र अनुसार उर्लाबारीमा नि:शुल्क बीमा कार्यक्रम लागु गरेको छ । समितिले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडमार्फत प्रत्येक व्यवसायीलाई २ लाख रुपैयाँसम्मको नि:शुल्क बीमा गरिएको संघका अध्यक्ष लिम्बुले बताए ।

संघमा आर्थिक वर्ष २०८०/०८१ मा नवीकरण गरेका १ हजार २ सय १२ जना व्यवसायीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को सदस्यता नवीकरण गरेपछि निःशुल्क दुर्घटना बीमा हुने प्रावधान राखिएको उनलेे बताएका छन् । जसका कारण व्यवसायीहरू बीमित हुने क्रम जारी रहेको छ।

यस्तै संघले उर्लाबारीमा सकृय २२ जना पत्रकारहरुको समेत नि:शुल्क दुर्घटना बीमा गरिएको संघका अध्यक्ष लिम्बुले बताए । शुक्रबार पत्रकारहरुको बीमा गरिएको रेकर्ड सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्कालाई हस्तान्तरण गरिएको छ।

सो अवसरमा अध्यक्ष लिम्बूले संघबा सदस्यहरुको डिजिटल आईडि कार्ड बनाउने कार्य सम्पन्न भएको बताउदै चाडै वितरण गरिने जानकारी दिए ।

यस्तै उनले संघमा नया प्रवधि जडान भई अनलाईन बिलिङ समेत गर्न थालिएको जानकारी दिए ।

त्यस्तैगरि संघको आयोजनामा आगामी फागुन पहिलो हप्ता उर्लाबारीमा कृषि तथा औद्योगिक मेला लगाउने तयारी गरिएको अध्यक्ष लिम्बुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय