दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग बहादुर फागोले कसैको धम्की, दादागिरी र उच्छृङ्खल गतिविधिले विद्यार्थीको भविष्य रोक्न नसक्ने बताएका छन् । सोमबार उर्लाबारी- ४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियुद्वारा आयोजित विद्यार्थी स्वागत तथा विदाई कार्यक्रममा सम्बोधन गर्ने क्रममा सो कुरा बताउदै पुर्व मेयर फागोले विद्यार्थीहरुलाई निर्धक्क साथ अध्ययन गर्न प्रेरित गरेका छन् ।

यस्तै उनले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने क्रममा विद्यार्थीको भविष्यको ख्याल नगरि क्याम्पसमा तालाबन्दी गरेको अवस्थामा आफु उपस्थित हुने बताएका छन् । उनले क्याम्पसमा त्यस्ता गतिविधी कसैले पनि गर्न नहुने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व मेयर फागोले आफ्नो राजनितिक र व्यक्तिगत अभिष्ट पुरा गर्न यसअघि कलेजमा तालाबन्दी गरिएको बताउदै उनले आवश्यकताको आधारमा ताला खोलिएको बताए । उनले भने,” लगभग तिन महिना अघि कलज बन्द भएको थियो । चाडपर्वको मुखमा १० दिन कलेज बन्द हुदा कलेजका कर्मचारीको भान्सामा उनीहरुले के खाने? यसबारे कसले सोच्ने? यहाबाट तलव थापेर उनीहरुले हातमुख जोड्ने भएकोले उनीहरुको दैनिकी जिवनस्तर बुझेर हामीले ताला खोलेका हौँ ।”

यस्तै उनले आफ्नो कार्यकालमा कायम रहेको ५ सय÷ साडे ५ सय रुपैया कर हाल बढेर ४ हजार ५ सय भएको औँल्याउदै उनले यस्तो केवल जनतालाई ढाड सेक्ने मात्र काम भएको बताए । उनले भने,” कर बढाउदै गर्दा सो अनुसारको विकास हुनुपर्ने हो । हामी आरोप लाउदैनौँ तर काम होस् भन्ने कामना हो । को हार्छ को जित्छ राजनितीमा त्यो सरोकार भएन तर उर्लाबारीको विकास नहारोस् भन्ने सोच मात्रै हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय