पथरी
नेकपा एमाले पथरीशनिश्चरेको अध्यक्षमा सन्जिब गिरी विजयी भएका छन् । विहिवार भएको निर्वाचनमा गिरीले बावुराम याङ्गदेन र याम प्रसाद गुरागाँईलाई पराजित गर्दै गिरी विजयी बनेका हुन ।
उपाध्यक्षमा नैना राई विजयी भए राईले अरुणा राई र लाल वहादुर भण्डारी लाई पराजित गरे । सचिवमा विरोज मगर विजयी भए उनले काशिहाङ्ग राई,तिर्थ आचार्य र अशोक राईलाई पछि पार । उपसचिवमा मनी लिम्बु विजयी भए । उपसचिवमा निर्मला राई र निर्मल कटुवाल र रोशन बुढाथोकी प्रतिष्पर्धी थिए । महिला उपसचिवमा चन्द्रकला कार्की निर्बिरोध निर्वाचित वनिन् ।
१६ खुल्ला सदस्य पदमा १६ जनाको मात्रै उम्मेद्धारी परेको थिए । खुल्ला सदस्यमा सवै निविरोर्ध भए । भुगोल तर्फ १ नम्वर वडामा ८ जना र अन्य वडा वाट ५ जना निर्विरोध निर्वाचित भए । नेकपा एमालेको ७५ सदस्यीय नगर कमिटी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय