बिहिबार उर्लाबारी वडा नम्बर ८ र ९ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । उक्त कमिटीको अध्यक्षमा क्रमश: गरिमा ढुङ्गाना र सोयेश लिम्बुलाई सर्वसम्मत चयन गरिएको बताईएको छ ।
वडा नम्बर ८ मा ढुङ्गानाको अध्यक्षतामा ४७ सदस्यीय र वडा नम्बर ९ मा लिम्बुको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरिएको युवा संघका उर्लाबारी नगर संयोजक नितम चौहानले जानकारी दिए ।
८ नम्बर वडा कमिटीको उपाध्यक्षमा निशान धिमाल, सचिव विकल्प दाहाल, सहसचिव व्रिजेश भट्टराई र मिसन न्यौपाने ,कोषाध्यक्षमा सविन सुवेदिलगायत चयन भएका छन् ।
यस्तै ९ नम्बर वडा कमिटीको उपाध्यक्षमा दिपेश भुजेल, सचिव आयुष श्रेष्ठ, सहसचिव सुनिल मगर र अंशु लिम्बु, कोषाध्यक्षमा दिपा भण्डारीलगायत चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले संगठन विस्तारलाई निरन्तरता दिने क्रममा बिहिबार एकैपटक दुई वटै वडामा वडा कमिटी गठन गरिएको युवा संघका नगर सचिव शम्भु गौतमले बताए ।
बिहिबार नेकपा एमाले मोरङ जिल्ला सदस्य सुरेन्द्र शेर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम वडा नम्बर ८ कल्याण चोकस्थित एमाले पार्टि कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष कुलबहादुर कार्की, वडा सदस्यद्वय डम्बर बराल र रुद्र लामिछाने, एमाले नगर सचिव गोपालप्रसाद रिमाल, युवा संघका जिल्ला सचिवालय सदस्य तथा उर्लाबारी नगर ईन्चार्ज केशव घिमिरे, एमाले उर्लाबारी नगर युवा फाँट ईन्चार्ज योगराज लाबुङ, एमाले वडा नम्बर ८ कमिटी अध्यक्ष अग्नी लिम्बु, निवर्तमान युवा संघका कोशी प्रदेश कमिटी सदस्य विशाल गुरुङ, युवा संघ नगर सदस्य सनम तामाङ, विदुर रिजाल, गोपाल थापा, दिवस राईलगायतको आतिथ्यता रहेको थियो ।