उर्लाबारी वडा नम्बर २ र ३ भएर बग्ने तेली खोलामा बुधबार श्रमदानमा तटबन्ध गरिएको छ । आज बिहान ३ नम्बर वडा कार्यालयको आह्वानमा माझी चोक उत्तरतर्फ भएर बग्ने तेली खोलामा स्थानियको उत्साहजनक उपस्थितीमा श्रमदानमा तटबन्ध गरिएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।

वर्षा लागेसँगै सो क्षेत्रमा नदी कटान सुरु भएपछि मंगलबार वडा नम्बर ३ को कार्यालयले एक सुचना जारी गर्दै श्रमदानको लागि आह्वान गरेको थियो ।

उक्त सुचनाको आधारमा वडाका टोल विकास संस्था, जनपथ र सशस्त्र प्रहरी , उर्लाबारी नगर प्रहरीलगायतको टोली, जनप्रतिनिधी, स्थानिय समाजसेवी, युवालगायत आर.आर.एन. नेपालको सहभागितामा श्रमदानमा तटबन्ध गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय