उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरका फिजिसियन डाक्टरको सरुवा भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।
अस्पतालमा फिजिसिनका रुपमा कार्यरत डाक्टर कुशल ओस्तीलाई प्रदेश-१ सरकार स्वास्थ्य मान्त्रालय मार्फत सरुवा गराई कोशी कोभिड अस्पताल विराटनगरमा खटाइएपछि अस्पतालमा उपचारका लागि आउने विरामीहरु मर्कामा परेका हुन ।
गत चैत २५ गते मात्रै मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा हाजिर भएका डाक्टर ओस्तीको ३ महिनाको अन्तरालमा सरुवा हुदा उपचारका लागि आएका विरामीहरुले सास्ती खेप्नु परिरहेको छ ।
प्रदेश-१ सरकार मातहत रहेको अस्पतालाई, प्रदेश सरकारले प्रदेश-१ कै नमुना ट्रमा सेन्टरका रुपमा विकास गर्ने घोषणा भाषणमा गरेको भएतापनि एक जना मात्रै फिजिसियन डाक्टरको भरमा रहेको थियो ।
तिनै डाक्टरको पनि सरुवा भएपछि अस्पताल डाक्टर विहिन भएको अस्पतालका मिडिकल सुपरिटेन्डेट डा. रविकुमार शाह बताउछन् ।
उनि भन्छन्-“अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने सरकारको योजना भएपनि विरामीको समपुणर् रोगको बारेमा हेर्ने डाक्टरनै प्रदेश स्वास्थ्य मन्त्रालयले सरुवा गरिदिएपछि अस्पतालमा आउने सुगर, प्रेसर, दम, मुटुरोगी र अप्रेसन गर्नु पर्ने विरामीहरुको उपचारमा समस्या भएको छ, हाम्रो दुःख कसैले सुनेन्”
अस्पतालमा दैनिक जसो ओपिडी सेवा लिने ४ सय भन्दा बढी र आक्समिक सेवा लिने २५ भन्दा बढी औषधमा विरामी आउने गरेतापनि अस्पतालमा फिजिसियन डाक्टरको अभाव भएपछि अस्पतालले विरामीलाई रिफर गर्नुको विकल्प नभएको अस्पतालका एक कर्मचारीले बताए ।
अस्पतालले पुर्वी मोरङको उर्लाबारी, रतुवामाई, सुनवर्षी, लेटाङ, पथरीशनिश्चरे, बेलबारी नगरपालिका, कानेपोखरी, मिक्लाजुङ गाउपालिका लगाएत पहाडी जिल्ला पाँचथर र धनकुटाको तल्लो भेगका जनतालाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय