रतुवामाई नगरपालिकामा प्रदेशस्तरिय प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।

रतुवामाईमा सकृय सामाजिक संस्थाको रुपमा रहेको बुलेट गाईज क्लवको आयोजनामा आगामी पुष २८ गतेदेखी सो प्रतियोगिता सुरु हुने क्लवका सचिव अनिश कार्कीले बताए ।

 

 

यस्तै उनले सो प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया नगद पाउनेछ भने उपविजेताले ६१ हजार १ सय ११ रुपैया नगद पाउनेछ । साथै विजेता र उपविजेता दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवका सचिव कार्कीले बताए ।

कोशी प्रदेशका उत्कृष्ट टिमहरुको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी माघ १ गते हुने बताईएको छ ।

वि.सं. २०६९ सालमा स्थापित सो क्लवले सरसफाई , लागुऔषध दुर्व्यसनीसम्बन्धि सचेतना अभियान, साक्षर अभियान, न्यानो कपडा वितरण, फुटबललगायतका सामाजिक कार्य तथा विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय