सुन्दरहरैचा । मोरङको सुन्दरहरैँचामा एक व्यक्तिले आफ्नै पत्नी माथि बुधबार दिउँसो कपडा काट्ने कैँचीले प्रहार गरेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–९ दीपेन्द्र चोकका ४२ वर्षीय खुर्सित आलमले आफ्नै पत्नी ३८ वर्षीया इन्दिरा अधिकारी (खातुन)माथि कैँची प्रहार गरेको प्रहरीले जनाएको छ । घरयासी विवादका क्रममा पतिले दिउँसो करिब ४ बजेतिर कैँची प्रहार गर्दा इन्दिरा घाइते भएकी छन् ।
शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी उनको सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ । उनको अवस्था मध्यम छ। पत्नीमाथि कैँची प्रहार गर्ने खुर्सितलाई प्रहरी पक्राउ गरेको छ ।
घटनामा प्रयोग गरिएको कैँची पनि बरामद भएको प्रहरीले उल्लेख गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय