उर्लाबारी, २० साउन । नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय परिषद द्वारा आगामी शनिवार रक्तदान कार्यक्रम हुने भएको छ ।
महासंघका अनुसार साउन २४ गते शनिबार बिहान ८ बजे उर्लाबारी नगरपालिका–४ स्थित वशिष्ठ पार्टी प्यालेसमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको महासंघका नगर अध्यक्ष प्रेम याख्खाले बताउनुभयो ।
रक्तदान कार्यक्रम सफल पार्न स्थानीय संघसंस्थाहरू, समुदायका अगुवा, स्वयंसेवकहरू र आम नागरिकहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।
कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व, सहकार्य र मानवतावादी मूल्यलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।








