उर्लाबारी, कार्तिक २६ ।
मोरङको उर्लाबारी नगरपालिका–१ झारसाझीस्थित क्षेत्रबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय (इप्रका) मधुमल्ला र इप्रका उर्लाबारीबाट खटिएको संयुक्त गस्ती टोलीले कार्तिक २५ गते साझ करिब ७ बजेको समयमा मिलन तामाङ भन्ने गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारको सङ्कास्पद गतिबिधी देखिपछि उनीहरूको शरीर तलासी गर्दा तामाङको गोजिमा प्लास्टिकको थैलोमा राखिएको ब्राउन फेला परेको प्रहरीले जनाएको छ।

प्राथमिक सोधपुछमा तामाङले उक्त पदार्थ उर्लाबारी नगरपालिका–१ झारसाझीकी ४५ वर्षीया दुर्गा देवी भण्डारीबाट खरिद गरेको स्वीकार गरेपछी प्रहरीले भण्डारीको घर खानतलासी गर्दा कोठामा लुकाइराखिएको २० ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद १५ हजार रुपैयाँ समेत फेला परेको छ।
तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालले बताए । प्रहरीले जनाएको छ।
#NepalPolice #everyone #highlights #purbipress #SayNoToDrugsAndAlcohol

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय