उर्लाबारी, ११ मसिर।
“म तिर्छु कर, बनाउँछु उर्लाबारी नगर” भन्ने नाराका साथ उर्लाबारी नगरपालिकाले अब विश्वको जुनसुकै कुनाबाट पनि अनलाइनमार्फत कर भुक्तानी गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ।
बिहिबार नगरपालिकाका आयोजित अभिमुखिकरण कार्यक्रममा आलेप अधिकृत कुबेर ढकालले यस्तो जानकारी दिएका हुन्।
नगरपालिकाले चालु आर्थिक वर्षमा १७ करोड रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य प्राप्तिमा कर प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउन २७ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी दिए।
अभिमुखीकरणमार्फत नागरिकलाई करसम्बन्धी आवश्यक जानकारी प्रदान गर्दै सेवा सहज, सरल र पहुँचयोग्य बनाइने गुप्ताले बताए ।
त्यसैगरी, नगर उपप्रमुख मिना कुमारी पौडेलले कर प्रणालीलाई प्रभावकारी बनाउन नागरिकको सक्रिय भूमिकाको आवश्यकतामा जोड दिँदै, “नागरिकबाट उठ्ने कर नै नगर विकासको मूल आधार भएको बताउदै समयमै कर तिरेर उर्लाबारीको समग्र विकासमा साथ दिनु सबैको जिम्मेवारी हो,” भनेर आग्रह गरिन्।
कार्यक्रममा वडा नमबर-६ का वडा अध्यक्ष चिन्तामणी पौडेल सहित सरोकारवाला पक्षका ब्याक्तीहरुको उपस्थिती रहेको थियो ।








