उर्लाबारी–४ आईतबारेमा अवस्थित सिद्धार्थ मन्टेश्वरी स्कूलमा नया भर्ना खुलेको छ। दुई वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई कखरा सिकाइने सो मन्टेश्वरीमा नया भर्ना खुलेको हो ।
आईतबारेका युवा प्रकाश श्रेष्ठले विगत ४ वर्षदेखि सञ्चालनमा ल्याएका उक्त मन्टेश्वरी स्कूलमा बालबालिकाहरुलाई कखरा सिकाइनुका साथै उनीहरुको हरेचाह र सिकाइ उपलब्धीलाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराईन्छ ।
उक्त मन्टेश्वरीमा ६४ भन्दा बढि बालबालिकाहरु अध्ययनरत रहेका छन् । राष्ट्रिय रुपमा मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुले पठनपाठन गराइने यो स्कूलले बाल मैत्री शैक्षिक वातवरणमा आधरित भएर बालमनोविज्ञानमा आधरित पठन विधि अपनाएको छ ।
स्कूललमा अध्ययनरत बालबालिकाहरुको व्यक्तिगत क्षमता अध्ययन गरी अभिभावकहरुलाई उनीहरुको क्षमता बारे परामर्श दिने व्यवस्था समेत मिलाइएको स्कूलका सञ्चालक श्रेष्ठले जानकारी दिए ।