मंगलबारे च्यालेन्ज कपको छैठौं दिन: केर्खा स्पोर्टिङ् क्लव विजयी

११ जेठ / उर्लाबारी
उर्लाबारी-३ मंगलबारेमा जारी प्रथम मंगलबारे नकआउट च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको छैठौं दिनको खेलमा केर्खा स्पोर्टिङ् क्लव विजयी भएको छ ।

बिहिबार केर्खाले मिक्लाजुङ जी-११ लाई २-१ को गोलअन्तरले हराएको थियो । खेलको २८औं मिनेटमा मिक्लाजुङका जर्सी नम्बर ८ का खेलाडी सन्जिव श्रेष्ठले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएतापछि केर्खाका जर्सी नम्बर ९ का मिराक लिम्बुले ३७औं मिनेटमा एक गोल गरेर बराबरीमा पुर्याएका थिए । एकदमै प्रतिस्पर्धात्मक सो खेलको ४१ औं मिनेटमा पुन: लिम्बुले गरेको गोलले केर्खाको विजयी निश्चित गराएको थियो ।

जितसँगै केर्खा प्रतियोगिताको सेमीफाईनल प्रवेश गरेको छ ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले केर्खाका मिराक लिम्बुलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भए ।

मंगलबारे फुटबल क्लव र वडा खेलकुद समिती उर्लाबारी ३ को आयोजनामा आईतबारखी सुरु भएको सो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा झापा, मोरङ र सुनसरीका १० वटा क्लवको सहभागीता रहेको आयोजक क्लवका अध्यक्ष पपिन राईले बताए ।

उर्लाबारी वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित रंगशालामा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीले जनाएको छ ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने कोषाध्यक्ष आयुष पुरीले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहेको सो प्रतियोगिताको सातौं दिनको खेल शनिबार बेलबारी फुटबल क्लव र चुलाचुली स्पोर्टिङ क्लव झापाबिच दिउसो ३ बजेदेखी संचालन हुनेछ । सो खेल उक्त प्रतियोगिताको पहिलो सेमीफाईनल खेल रहेको आयोजकले जनाएको छ ।

तस्विरहरु: मंगलबारे फुटबल क्लव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय